By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

६ हजारभन्दा बढी नागरिकको राष्ट्रिय परिचयपत्रका लागि आवेदन

सरोकारकर्मी
सरोकारकर्मी
f,26

मकवानपुर । सरकारले सामाजिक सुरक्षा भत्तालगायतका सेवामा अनिवार्य रुपमा राष्ट्रिय परिचयपत्र आवश्यक गराएपछि चालु आर्थिक वर्षको दुई महिनामा काभ्रेपलाञ्चोकमा छ हजारभन्दा बढीले आवेदन फारम भरेका छन् ।

गत साउन र भदौ महिनामा छ हजार ३५० जिल्लाका नागरिकले राष्ट्रिय परिचयपत्रका लागि फोटो खिचाएको जिल्ला प्रशासन कार्यालय धुलिखेलले जनाएको छ ।

साउनदेखि नै यससम्बन्धी सेवाग्राहीको चाप बढ्न थालेपछि कार्यालयले ज्येष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका व्यक्तिलाई विशेष प्राथमिकता दिई अलग्गै स्टेशन व्यवस्थापन गरी फोटो खिचाइरहेको छ । हाल कार्यालयमा तीन स्टेशनबाट नागरिकलाई सेवा प्रदान गरिरहेको हो ।

केही स्थानीय तहले कार्यालयको समन्वयमा वडास्तरमा समेत नागरिकलाई राष्ट्रिय परिचयपत्रका लागि फोटो खिचाएका छन् । जिल्लामा समग्रमा उक्त सङ्ख्यामा राष्ट्रिय परिचयपत्रका लागि आवेदनसहित फोटो खिचाएको सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार दुई महिनाको अवधिमा राष्ट्रिय परिचयपत्रका लागि फोटो खिचाएकामध्ये एक हजार ५५७ नागरिकले कार्ड लिइसकेका छन् ।

यसैबीच कार्यालयबाट यस अवधिमा एक हजार ३८२ ले नयाँ नागरिकता लिएका छन् भने दुई हजार २१६ जनाले नागरिकताको प्रतिलिपी लिएका जनाइएको छ । दुई महिनाको अवधिमा तीन जनाले नागरिकता परित्याग गरे भने चार जनाको नागरिकता रद्द गरिएको छ । यही अवधिमा राहदानीका लागि दुई हजार ८२६ जनाले आवेदन दर्ता गरेकामध्ये दुई हजार ८७६ जनाले राहदानी प्राप्त गरेका छन्।

नाबालक परिचयपत्र ११२ जनाले लिएको कार्यालयको तथ्याङ्कले देखाएको छ । कार्यालयले राहदानी, सङ्घ संस्था दर्ता तथा नवीकरण तथा अन्य शीर्षकमा दुई महिनाको अवधिमा रु तीन करोड १६ लाख २६ हजार ३९७ आम्दानी गरेको जनाइएको छ ।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account