By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

धेरै ठाउँमा झरी, केही ठाउँमा ठूलो वर्षाको सम्भावना

सरोकारकर्मी
सरोकारकर्मी
f,18

मकवानपुर । आज पनि देशका धेरै ठाउँमा दिनभरजसो झरी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार दिउँसो कोशी, मधेश, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । अरू ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ ।

गएराति कोशी र मधेश प्रदेशका केही ठाउँमा ठूलो पानी परेको छ । सर्लाही, सप्तरी, रौतहट, उदयपुरलगायतका ठाउँमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अरू ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । ठूलो पानी परेका ठाउँमा बाढीको जोखिम रहेकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।

पूर्वी पहाडी तथा तराईका जिल्लामा भएको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५२ वटा मूल र चार वटा नहरको गरेर ५६ वटा ढोकामध्ये ३५ वटा ढोका खुल्ला गरिएको र खतरास्वरुप रातो बत्ती बालिएको छ ।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account