By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

बजारमा दैनिक उपभोग्य वस्तुहरूको अभाव छैन : वाणिज्य विभाग

सरोकारकर्मी
सरोकारकर्मी
f,17

मकवानपुर । जेन–जी आन्दोलनपछि बजारमा दैनिक उपभोग्य वस्तुहरूको आपूर्ति र उपलब्धताबारे चासो भइरहेका बेला सरकारले आपूर्ति प्रणाली चुस्त रहेको र उपभोग्य वस्तुको अभाव नरहेको जनाएको छ ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजेश ज्ञवालीले बजारको अवस्थालाई ध्यानमा राखेर निजी क्षेत्र तथा अन्य सरोकारवाला निकायसँग छलफल भइरहेको बताउनुभयो ।

उहाँका अनुसार अहिले दैनिक उपभोग्य वस्तुको मौज्दात पर्याप्त छ । चिनी, दाल, चामल, तेल, नुनलगायत अत्यावश्यक बस्तु पर्याप्त छ ।

विभागले चाडपर्वका बेला अवाञ्छित गतिविधि हुन सक्ने भएकाले अनुगमनको तयारी गरेको छ । त्यस्ता खालका अवाञ्छित गतिविधि भएको देखिए वा पाइएमा कारबाही गरिने महानिर्देशक ज्ञवालीले बताउनुभयो ।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account