By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

लुटिएका सामान फिर्ता गर्न संसद् सचिवालयको आग्रह

सरोकारकर्मी
सरोकारकर्मी
f,15

काठमाडौं । संघीय संसद् सचिवालयले जेनजी युवाको प्रदर्शनका क्रममा लुटिएका मालसामान फिर्ता गर्न आग्रह गरेको छ ।

संघीय संसद सचिवालयको आन्तरिक सेवा तथा योजना शाखाले सूचना निकालेर सामान फिर्ता गर्न भनेको हो ।

‘प्रिन्टर, स्क्यानर, क्यामेरा, टेलिभिजन, मोनिटर, माइक, मिक्स्चर, स्पिकर, फोटोकपी मेसिन, विद्युतीय उपकरणलगायतका मालसामानहरू अनधिकृत व्यक्तिले लगेको भन्ने बुझिएको छ’ सूचनामा उल्लेख छ ।

यस्ता मालसामन रहेको स्थान वा व्यक्तिबारे जानकारी भएमा संघीय संसद सचिवालयमा सूचना दिन पनि अनुरोध गरिएको छ । मालसामानहरू लगेको भिडिओ भएमा उपलब्ध गराउन पनि अनुरोध गरिएको छ ।

भिडिओरसूचना दिने व्यक्तिको परिचय गोप्य राखिने संसद सचिवालयले जनाएको छ । जेनजीको प्रदर्शनका क्रममा यही भदौ २४ गते नयाँ बानेश्वरस्थित संसद भवन र भवन परिसरमा रहेका सवारी साधनमाथि तोडफोड, आगजनी र लुटपाट भएको थियो ।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account