By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

आज पनि ठूलो पानी पर्ने सम्भावना

सरोकारकर्मी
सरोकारकर्मी
f,15

मकवानपुर । काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा पानी परेको छ । गएराति गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो र अरु ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ ।

स्याङ्जा, पर्वत, कास्की, पाल्पा, रूपन्देही, गुल्मी, कपिलवस्तु, बाँके, दाङ, कैलाली, कञ्चनपुर लगायतका ठाउँमा ठूलो पानी परेको हो । दाङको तुलसीपुर, बेलझुण्डी र बागासोती वर्षामापन केन्द्र, बाँकेको सिक्टा र बैजापुर वर्षामापन केन्द्र, कपिलवस्तुको भगवानपुर वर्षामापन केन्द्रमा ठूलो पानी परेकाले सतर्कता अपनाउन भनिएको छ ।

यस्तै स्याङ्जाको आँधीखोला जलमापन केन्द्रमा जलसतहले खतरा तह पार गरेकोले नदी तटीय क्षेत्रमा बस्नेहरूलाई सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । आज दिउँसो गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै ठाउँहरुमा तथा कोशी र बागमती प्रदेशको एकरदुई ठाउँमा ठूलो पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार राति गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँहरूमा तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्नेछ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा निकै ठूलो पानी पर्न सक्ने महाशाखाले जनाएको छ ।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account