By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

देशभरका १ सय ५३ ठाउँबाट सहुलियत मूल्य पसल सञ्चालन हुँदै

सरोकारकर्मी
सरोकारकर्मी
f,14

मकवानपुर । सरकारले आजदेखि देशका एक सय ५३ ठाउँबाट चाडपर्व लक्षित सहुलियत मूल्य पसल सञ्चालन गर्दैछ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन गर्न लागेको हो ।

सहुलियत मूल्य पसलबाट प्रतिकिलोरप्रतिलिटरमा पाँचदेखि १० रुपैयाँसम्म छुट हुने सरकारले जनाएको छ । काठमाडौं उपत्यकाका थापाथली, रामशाहपथ, नक्खु र सूर्यविनायक, दक्षिणकाली, गोदावरी र चाँगुनारायण नगरपालिकामा बिक्री कक्ष राखिने छन् । उपत्यकामा ११ ठाउँमा र तीन मोबाइल भ्यानसहित गरी १४ ठाउँमा पसल सञ्चालन हुनेछ ।

यस्तै काठमाडौं उपत्यकाबाहिर धनगढी, कैलालीको टिकापुर र अत्तरिया, कञ्चनपुरको बेलौरी, डोटीको दिपायल, सुर्खेतको वीरेन्द्रगनर, झापाको बिर्तामोड, मोरङको बिराटनगर, सप्तरीको राजविराज, सिरहाको लहान, धनुषाको जनकपुुर, पर्साको वीरगञ्ज, मकवानपुरको हेटौडा, चितवनको नारायणगढ, नुवाकोटको त्रिशुलीमा यस्तो सुपथ मूल्य पसल सञ्चालन हुनेछ ।

कास्कीको पोखरा, बाग्लुङको बाग्लुङ, रुपन्देहीको भैरहवा, कपिलवस्तुको कृष्णनगर, दाङको दाङ र डडेलधुराको डडेलधुरामा सुपथ मूल्य पसल सञ्चालन हुँदैछ ।

यस्तै बाजुरा, डोटी, बैतडी, सुर्खेत, जाजरकोट, जुम्ला, मुगु, बझाङ, कञ्चनपुर, अछाम र दार्चुलामा पनि सुपथ मूल्य पसल सञ्चालन हुने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ ।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account