By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

बागमतीमा हेल्मेट नलगाउने दुई पाङ्ग्रे सवारी चालकलाई इन्धन नदिन मुख्यमन्त्रीको निर्देशन

सरोकारकर्मी
सरोकारकर्मी
f,27

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दुई पाङ्ग्रे सवारीमा चालकले हेल्मेट नलगाएको पाइए इन्धन नदिन निर्देशन दिएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बुधबार मातहतका निकायलाई निर्देशन दिँदै बानियाँले इन्धन लिन आएका सवारीका चालकले हेल्मेट नलगाएको अवस्थामा इन्धन नदिन निर्देशन दिएका हुन् ।

बागमतीमा बढ्दो सवारी र दुर्घटनालाई न्यूनीकरण गर्न हेल्मेटको प्रयोग अनिवार्य गर्नुपर्ने मातहतका निकायको राय, सुझावपछि बानियाँले ‘नो हेल्मेट, नो फ्युल’को नीति अबलम्बन गर्नुपर्नेमा जोड दिएका हुन् ।

दुई पाङ्ग्रे सवारीका चालकले हेल्मेट अनिवार्य रुपमा प्रयोग गर्ने कानुनी व्यवस्थालाई कडाईका साथ पालना गर्नेरगराउने र हेल्मेट नलगाई इन्धन लिन आएमा त्यस्तो सवारीलाई इन्धन नदिने अर्थात् इन्धनका लागि हेल्मेट अनिवार्य अभियान कार्यान्वयन गर्न मुख्यमन्त्री बानियाँले निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

अभियान कार्यान्वयनका लागि नेपाल आयल निगम र नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन बागमती प्रदेशमा पत्राचार गर्ने, इन्धनका लागि हेल्मेट अनिवार्य अभियानको निगरानी गर्नरगराउन जिल्ला प्रशासन कार्यालयहरू र सुरक्षा निकायहरूमा पत्राचार गर्न निर्देशन दिइएको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन प्रदेशले सम्बन्धित निकायहरूसँग समन्वय गरी पेट्रोल पम्पहरूमा इन्धनका लागि हेल्मेट अनिवार्यको सन्देशमूलक बोर्ड (निश्चित आकार र त्यसभित्र रहने विषय र बोर्ड राख्ने स्थान यकिन निर्णय गरी) राख्ने व्यवस्था मिलाइने भएको छ ।

कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय चितवनले प्रदेश भित्रको सवारी दुर्घटनाको अवस्था र कारणहरू बारेमा प्रस्तुतीकरण राखेको थियो ।

मुख्यमन्त्री बानियाँले सवारी दुर्घटना न्यूनीकरणका लागि सम्बन्धित सबै निकायहरूलाई परिचालित भई प्रभावकारी रुपमा काम गर्न निर्देशन दिए ।

उनले सवारी चालकको मादक पदार्थ र लागू पदार्थ सेवनको परीक्षणलाई नियमित र प्रभावकारी बनाउन पनि सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

छलफलमा आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज अधिकारी, प्रदेशका प्रमुख सचिव भुपाल बराल, श्रम रोजगार तथा यातायात मन्त्रालयकासचिव विरेन्द्रकुमार भारती, बागमती प्रदेश प्रहरी प्रमुख डीआइजी अरुण पौडेल, बागमती प्रदेश सशस्त्र प्रहरी प्रमुख डीआइजी अञ्जनीकुमार पोखरेल, मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, पेट्रोलियम डिलर्स एसोसिएन बागमती प्रदेश अध्यक्ष सुदर्शन कार्की, बागमती प्रदेश ट्राफिक कार्यालयका प्रहरी उपरीक्षक नरेशराज सुवेदीलगायत सहभागी थिए ।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account