By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

चीनका ६ लाख विद्यार्थीलाई अमेरिका प्रवेश दिने राष्ट्रपति ट्रम्पको घोषणा

सरोकारकर्मी
सरोकारकर्मी
f,27

मकवानपुर ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनका छ लाख विद्यार्थीलाई अमेरिका प्रवेश दिने घोषणा गर्नुभएको छ । उहाँले चीनसँगको सम्बन्ध आउँदा दिनमा थप बलियो हुने विश्वास व्यक्त गर्नुभएको फक्सन्यूजले जनाएको छ । अहिले दुई लाख ७० हजार चिनियाँ विद्यार्थी अमेरिकामा अध्ययन गरिरहेका छन् ।

चीनसँगको भन्सार शुल्क वार्ताका क्रममा राष्ट्रपति ट्रम्पले चिनियाँ विद्यार्थीको अमेरिका प्रवेशाज्ञालाई लिएर अब अमेरिकाले चिनियाँ विद्यार्थीलाई भिसा दिँदैन भन्नेखालको अफवाह फैलिएको बताउनुभयो ।

गएको मे महिनामा अमेरिकी विदेशमन्त्री मार्को रुबियोले चिनियाँ नागरिक, विशेषगरी कम्युनिस्ट पार्टी वा संवेदनशील अनुसन्धान क्षेत्रमा संलग्न व्यक्तिका लागि भिसा रद्द गर्ने योजना सार्वजनिक गर्नुभएको थियो ।

तर ट्रम्पले चीनका विद्यार्थीलाई स्वागत गर्ने पक्षमा आफू सधैं रहेको दोहोर्‍याउनु भएको छ । उहाँले अहिले चीनसँगको आर्थिक सम्बन्ध अघिल्ला राष्ट्रपति जो बाइडेन प्रशासनको तुलनामा धेरै बलियो भएको दाबी समेत गर्नुभएको छ ।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account