By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

जापानिज इन्सेफ्लाइटिसबाट अहिलेसम्म ११ जनाको मुत्यु

सरोकारकर्मी
सरोकारकर्मी
f,20
मकवानपुर । जापानिज इन्सेफ्लाइटिसबाट अहिलेसम्म ११ जनाको ज्यान गएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा, बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा.अभियान गौतमका अनुसार ६३ जनामा जापानिज इन्सेफ्लाइटिस देखिएको छ ।
उहाँका अनुसार तेह्रथुम, बारा, मोरङ, झापा, नवलपरासी पश्चिम, कैलाली, प्युठान र अर्घाखाँचीका एक/एक जना तथा चितवन तीन जनाको ज्यान गएको तथ्याङ्क छ ।
ज्यान गुमाउनेमा आठ वर्षका एक जना, १७ वर्षका एक जना र ४० वर्षभन्दामाथिका नौ जना रहेका छन् । अघिल्लो वर्ष सन् २०२४ मा जापानिज इन्सेफ्लाइटिसबाट २५ जनाको ज्यान गएको थियो भने ८६ जनामा सङ्क्रमण भएको थियो ।
जापानिज इन्सेफ्लाइटिस्विरुद्धको खोप नलगाएकामा सङ्क्रमण जोखिम उच्च छ । नेपालमा ८२ प्रतिशत बालबालिकालाई यो खोप लगाई सकिएको छ । यो रोग विशेषगरी साउनदेखि कात्तिकसम्म बढी देखिने गरेको डा. गौतमले बताउनुभयो । डा. गौतमका अनुसार जापानिज इन्सेफ्लाइटिस् मस्तिष्कमा सङ्क्रमण हुने क्युलेक्स प्रजातिको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको गम्भीर रोग हो । यो लामखुट्टे बेलुका तथा झिसमिसे बिहानीको समयमा बढी सक्रीय हुने गर्छ ।
धानबाली, दलदल र पानी जम्ने ठाउँ लामखुट्टेको लागि उपयुक्त प्रजननस्थल भएकाले यस्ता क्षेत्रमा सङ्क्रमणको जोखिम बढी हुने गरेको र आवश्यक सावधानी अपनाउन सल्लाह छ । यो रोग सङ्क्रमित हाँस, कुखुराजस्ता चराचुरुङ्गी र सुँगर–बङ्गुरजस्ता जनावरलाई टोकेका सङ्क्रमित लामखुट्टेले मानिसलाई टोकेमा सर्ने गर्छ । यो रोग मानिसबाट मानिसमा भने नसर्ने डा।गौतमले बताउनुभयो ।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account