By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

गाजामा दुई वर्षमा मारिए १८ हजार ८८५ बालबालिका

सरोकारकर्मी
सरोकारकर्मी
f,20

मकवानपुर । दुई वर्षअघि शुरु भएको इजरायली आक्रमणमा परी गाजामा १८ हजार ८८५ बालबालिका मारिएको तथ्याङ्क सार्वजनिक भएको छ।

६२ हजार नागरिक मारिएकामा १८ हजार ८८५ बालबालिका रहेको अधिकारीलाई उदृत गर्दै अल जजिराले जनाएको छ। प्रत्येक महिना औसतमा ५४० भन्दा बढी बालबालिका मारिने गरेको दाबी गरिएको छ। लगातारको बमबारीले घर ध्वस्त भएपछि संयुक्त राष्ट्र संघद्वारा सञ्चालित आश्रयस्थलमा बसेका नागरिकलाई समेत इजरायलले निशाना बनाइरहेको छ।

यसैबीच गाजामा युद्धविरामका लागि अमेरिकाले गरेको प्रस्तावमा हमास समूह सहमत भएको छ। गाजा कब्जा गर्ने गरी इजरायलले ठूलो कारबाहीको तयारी गरिरहँदा युद्धविरामसम्बन्धी नयाँ प्रस्ताव हमासले स्वीकार गरेको हो।

प्रस्तावअनुसार, हमासले पहिलो चरणमा १० जीवित र १८ मृतक गरी कुल २८ बन्धक रिहा गर्नेछ। यसको बदलामा इजरायलले आजीवन कारावासको सजाय भोगिरहेका १४० जना, १५ वर्षभन्दा बढी सजाय पाएका ६० जना, र मुद्दा नचलाइएका सबै प्यालेस्टाइनी नाबालिग तथा महिला कैदीलाई रिहा गर्नुपर्नेछ।

तर इजरायले भने सबै बन्धकको एकैसाथ रिहाइ खोजिरहेको छ। हमाससँग ५० जना बन्धक छन्। ५० बन्धकमध्ये २० जना मात्र जीवित रहेको इजरायलको अनुमान छ।

इजरायलको यो अडानसँगै हमासले ६० दिने युद्धविराम स्वीकार गर्ने कि नगर्ने भन्ने विषयले अन्योल उत्पन्न भएको छ।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account