By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

पाँच वर्षसम्मका बालबालिकालाई सरकारले ‘स्वर्णप्रासन’ ख्वाउने

सरोकारकर्मी
सरोकारकर्मी
f,19

मकवानपुर । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बालबालिकाको प्रतिरोध क्षमता विकासका लागि आयुर्वेदिक ‘स्वर्णप्रासन’ थोपा खुवाउने निर्णय गरेका छन्।

मन्त्री पौडेलले मन्त्रीस्तरीय निर्णयबाट यस्तो थोपा देशैभर जन्मेको ६ महिनादेखि ५ वर्षसम्म प्रदान गर्ने निर्देशिकासमेत स्वीकृत गरेका छन् ।

गत वर्ष मन्त्री पौडेलले बालबालिकाको प्रतिरोध क्षमता बढाउन यस्तो कार्यक्रम ल्याउने घोषणा गरेका थिए।

स्वर्ण भष्मलाई घ्यू र महमा मिसाएर थोपा अंशको रूपमा खुवाउँदा प्रतिरोध क्षमता वृद्धि हुनुका साथै बालबालिकाको शारीरिक तथा मानसिक विकासका हुने भन्दै सरकारले बालबालिकालाई स्वर्णप्रासन प्रदान गर्न लागेको जनाएको छ।

अब देशभरका २५ आयुर्वेदिक स्वास्थ्य संस्थामार्फत देशैभर पहिलो चरणमा कार्यक्रम शुरु हुने मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले जानकारी दिए ।

आगामी वर्षमा देशका सबै आयुर्वेदिक संस्थामा यस्तो कार्यक्रम विस्तार गर्ने योजना रहेको प्रवक्ता बुढाथोकीले बताए। ‘देशभित्रकै आयुर्वेदिक प्रविधिको प्रवर्धन र प्रयोगमार्फत नागरिकको स्वास्थ्यरक्षामा यो महत्त्वपूर्ण कदम हो,’ उनले भने ।

मन्त्री पौडेलले आयुर्वेदिक औषधी तथा उपचार विधि प्रवर्धन गर्न स्वदेशी उत्पादकलाई विदेश निर्यातमा सहयोग पुग्नेगरी अन्तर्राष्ट्रिय मापदण्ड जिएमपी प्राप्त गर्ने व्यवस्था मिलाएका छन्।

विदेश निर्यात गर्न तथा देशभित्रै स्तरीय उत्पादन गरिरहेका आयुर्वेदिक उत्पादकले औषधी व्यवस्था विभागबाट यो प्रमाणपत्र प्राप्त गर्ने व्यवस्था मिलाइएको छ।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account