By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

पत्रकारमाथि दुर्व्यवहार गर्ने उपमेयरको छोराविरुद्ध पक्राउ पुर्जी जारी

सरोकारकर्मी
सरोकारकर्मी
f,19

रौतहट । फतुवा विजयपुर नगरपालिकामा भएको अनियमितता र भ्रष्टाचार सम्बन्धी समाचार लेख्ने पत्रकारमाथि गरिएको दुर्व्यवहार प्रकरणमा उपमेयर (कावा मेयर)  अम्बेया खातुनका छोरा मोहम्मद सनाउल्लाहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

इलाका प्रहरी कार्यालय विजयपुरको अनुरोधमा जिल्ला अदालत रौतहटले सोमवार सनाउल्लाहलाई पक्राउ गर्न आदेश दिएको इन्स्पेक्टर सुरेन्द्र यादवले जानकारी दिएका छन्।

पत्रकार कृष्ण तिवारीमाथि गत साउन ३० गते नगरसभा कार्यक्रममा सहभागी हुन जाने क्रममा सन्तपुर चौक नजिकै रोकेर सनाउल्लाह द्वारा दुर्व्यवहार गरिएको थियो।

पीडित तिवारीले दिएको जाहेरी पछी रौतहट प्रहरी प्रमुख एसपी नेत्र मणि गिरीको निर्देशनमा इलाका प्रहरी कार्यालय विजयपुरले घटनाको अनुसन्धान गरी गत आइतबार कावा मेयर पुत्र सनाउल्लाहमाथि केही अभद्र मुदा दर्ता गरेको थियो।

इलाका प्रहरी कार्यालय बिजयपुरका प्रमुख इन्स्पेक्टर सुरेन्द्र यादवले कावा मेयर खातुनको छोरा सनाउल्लाह लाई खोजतलास गरी पक्राउ गर्न प्रहरीको छुट्टै टोली परिचालन गरिएको जानकारी दिएका छन्।

प्रेस चौतारीको विरोध

प्रेस चौतारी नेपाल, रौतहट शाखाले घटनाप्रति घोर आपत्ति जनाउँदै विज्ञप्ति जारी गरेको छ। चौतारीले पत्रकारमाथि अंकुश लगाउने, अपशब्द प्रयोग गर्ने र आक्रमण गर्ने प्रयासलाई प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्य–मान्यतामाथि गरिएको प्रहार भनेको छ।

सचिव मुकेश कुमार साहद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “पत्रकारलाई धम्की र आक्रमण गर्ने व्यक्तिमाथि कडा कानुनी कारबाही नगर्ने हो भने यस्ता घटना दोहोरिन सक्छन्।”

अनियमितता उजागरपछि दुर्व्यवहार

महालेखा परीक्षकको प्रतिवेदनले नगरपालिकामा इन्धन र यातायात खर्चमा अनियमितता भएको प्रस्ट्याएको थियो। सो प्रतिवेदनकै आधारमा पत्रकार तिवारीले समाचार लेखेका थिए।

तर समाचार सार्वजनिक भएपछि कावा मेयर खातुनका छोराले पत्रकारमाथि दुर्व्यवहार गरेको चौतारीले आरोप लगाएको छ।

नेपालमा पछिल्ला वर्षहरूमा स्थानीय तहमा भएको भ्रष्टाचार र अनियमितता सम्बन्धी समाचार लेख्ने पत्रकारहरू धम्की, दबाब र आक्रमणमा पर्नु सामान्य जस्तै बन्दै गएको छ।

विज्ञप्तिमा भनिएको छ, “पत्रकारिता चौथो अंग मात्र नभई लोकतन्त्रको मेरुदण्ड हो भन्ने तथ्यलाई बेवास्ता गर्दै समाचार लेख्ने कर्मीमाथि आक्रमण हुनु लोकतन्त्रकै लागि गम्भीर चुनौती हो।”

नगरको अस्तव्यस्त अवस्था

२०७९ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट गोपाल प्रसाद यादव मेयर र अम्बेया खातुन उपमेयर निर्वाचित भएका थिए।

तर तत्कालीन मेयर यादव विशेष अदालतबाट दोषी ठहरिएपछि खातुन कार्यवाहक बनेकी थिइन्। त्यसयता उनका श्रीमान् महमद सेराजको हस्तक्षेपले नगरको सम्पूर्ण कारोबार अस्तव्यस्त भएको भन्दै जनप्रतिनिधिहरू स्वयं गुनासो गर्दै आएका छन्।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account