By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

अमेरिकामा ६ हजारभन्दा बढी विदेशी विद्यार्थीको भिसा रद्द

सरोकारकर्मी
सरोकारकर्मी
f,19

मकवानपुर । अमेरिकी विदेश मन्त्रालयले अमेरिकी कानून उल्लंघन गर्ने र निर्धारित अवधिबाट बढी समय बस्ने ६ हजारभन्दा बढी विदेशी विद्यार्थीको भिसा रद्द गरेको छ।

मन्त्रालयका अनुसार यीमध्ये धेरैजसो लागूपदार्थ सेवन गरी गाडी चलाउने, चोरी तथा आपराधिक घटनामा संलग्न रहेको बताइएको छ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार ६ हजार भिसामध्ये ४ हजार भिसा कानून उल्लंघनका कारण रद्द गरिएका छन्। त्यसैगरी, २०० देखि ३ सय भिसा आईएनए-थ्रीबी अनुसार आतंकवादसँग जोडिएको घटनाका कारण रद्द गरेको विदेश मन्त्रालयले जनाएको छ।

यो कदम ट्रम्प प्रशासनको कडा आप्रवासी नीति अन्तर्गत आएको हो, जसअन्तर्गत विदेशी विद्यार्थीसँग पनि कडा व्यवहार गरिएको बीबीसीले जनाएको छ।

ट्रम्प प्रशासनले प्यालेस्टाइनको समर्थनमा प्रदर्शन गर्ने केही विद्यार्थीविरुद्ध पनि कारवाही गरेको छ। उनीहरूमाथि यहूदीविरोधी व्यवहार गरेको आरोप लगाइएको छ ।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account