By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

वरिष्ठ गीतकार एवं साहित्यकार प्रेम विनोद नन्दनको निधन

सरोकारकर्मी
सरोकारकर्मी
f,18

मकवानपुर । चर्चित गीतकार एवं साहित्यकार प्रेमविनोद नन्दनको ९१ वर्षको उमेरमा निधन भएको छ ।

मोफसलमा बसेर साहित्य सिर्जना गर्दै आएका नन्दनको आइतबार राति चितवन मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको हो ।

लामो समयदेखि श्वासप्रश्वासलगायतका रोगबाट नन्दन पीडित थिए । केही समययता उनी थला परेर हिँड्डुल गर्नसमेत सक्दैनथे । नारायणी कला मन्दिरका पूर्वअध्यक्ष तथा सल्लाहाकार समेत रहेका नन्दनको पार्थीव शरिरलाई नारायणी कला मन्दिरमा अन्तिम श्रद्धान्जलीका लागि राखिने छ । नन्दनको आजै देवघाटमा दाहासंस्कारको तयारी गरिएको छ ।

गजलमा नै दोहोरी फर्काउन सक्ने क्षमता भएका नन्दनले विभिन्न विद्यामा आफ्ना रचनाहरु सिर्जना गरेका छन् । तनहुँको बन्दिपुरमा जन्मिएका नन्दनले केही समय गोरखाको आरुघाटमा व्यापार व्यवसाय गरेका थिए ।

२०१९ सालमा नारायणगढ बजार झरेका नन्दनले राजधानी बाहिर बसेर नै आफूलाई स्थापित गराउन सफल भएका थिए । राष्ट्रकवि माधवप्रसाद घिमिरेले नन्दलाई गोलसिमलको संज्ञा दिएका थिए ।

नन्दनले लेखेका गीतहरुमा नातिकाजी, शम्भुजित बाँस्कोटा, गोपाल योञ्जनलगायतका संगीतकारले संगीत र आशा भोस्ले, सुरेश वार्कर, नगत अजिज, उदितनारायण, दिपा झा, प्रेमध्वज प्रधान, शिव शंकर, प्रसाद श्रेष्ठलगायतका गायक गायिकाहरूले स्वर दिइसकेका छन्।

कान्छी सन्तान, मोहनी, अवला, मानिस, कर्जालगायतका नेपाली चलचित्रमा उनले लेखेका गीतहरू चर्चित बनेका थिए । नन्दनका झटारो, अञ्जली, सपनीवाट ब्यूझेर, विपनीका पाइलाहरु, ऐना भित्रको आकाश गिती संग्रह, सिद्धार्थको ग्रह त्याग लघु काब्य र पत्रम पुष्पम कविता संग्रह २०७७ प्रकाशित छन् ।

नन्दनले छिन्नलता गीत पुरस्कार २०५४, चिसाप प्रतिभा पुरस्कार २०५२, चिसाप कृष्णकुमारी गुरुङ पुरस्कार २०६४, नारायणी प्रज्ञा पुरस्कार २०७८, राष्ट्रिय स्रष्टा सम्मान २०७७ लगायतका सम्मान तथा पुरस्कार प्राप्त गरेका थिए । उनका श्रीमती, तीन छोरा र तीन छोरी छन् ।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account