By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

इजरायली राष्ट्रपतिसँग विपिनकी आमा र बहिनीको भेट

सरोकारकर्मी
सरोकारकर्मी
f,18

मकवानपुर । प्यालेस्टिनी लडाकु समूह हमासले नियन्त्रणमा लिएर बेपत्ता बनाएका कञ्चनपुरका विपिन जोशीकी आमा र बहिनीले इजरायली राष्ट्रपति आइज्याक हर्जोगसँग भेटवार्ता गरेका छन् ।

इजरायलको जेरुसेलममा भएको भेटमा उनीहरुले विपिनको रिहाइका लागि पहल गरिदिन राष्ट्रपति हर्जोगसँग माग गरेका छन् ।

भेटमा विपिनकी आमा पदमा र बहिनी पुष्पासँगै इजरायलको लागि नेपाली राजदूत धनप्रसाद पण्डित पनि सहभागी हुनुहुन्थ्यो । भेटका क्रममा आमा पदमाले आफ्नो छोरो विपिन निर्दोष विद्यार्थी भएको भन्दै मानवीय दृष्टिले पहल गर्न आग्रह गर्नुभएको थियो ।

यस्तै बहिनी पुष्पाले पनि राष्ट्रपति समक्ष विपिनको रिहाइका लागि व्यक्तिगत अपिल गर्दै अन्तर्राष्ट्रिय प्रयासलाई अझ बलियो बनाउन आग्रह गर्नुभयो ।

राजदूत पण्डितले पनि राष्ट्रपति समक्ष विपिनको अवस्थाबारे निरन्तर पहल गर्न विशेष अनुरोध गर्नुभयो । जवाफमा इजरायली राष्ट्रपति हर्जोगले विपिनलाई इजरायलले आफ्नै नागरिकझैँ अनुभव गरेको भन्दै विपिनसहित सबै बन्धकहरूको रिहाइका लागि इजरायली सरकार निरन्तर प्रयासरत रहेको बताउनुभयो ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले विपिनका परिवारको साथमा सरकार रहेको भन्दै विपिनको सुरक्षालाई प्राथमिकता दिएर हर सम्भव पहलमा जुटिरहेको बताउनुभएको छ ।

सामाजिक सञ्जालमार्फत उहाँले विपिनको सुरक्षित र शीघ्र रिहाइ सुनिश्चित गर्न परराष्ट्र मन्त्रालयले खाडी क्षेत्रका दूतावासमार्फत निरन्तर संवाद गरिरहेको जानकारी दिनुभएको हो ।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account