By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

प्रधानमन्त्री ओली आज मधेश जाँदै

सरोकारकर्मी
सरोकारकर्मी
f,15

मकवानपुर ।   प्रधानमन्त्री केपी शर्मा ओली आज मधेश प्रदेशको राजधानी जनकपुर जाँदैछन्।

जनकपुरमा मधेश प्रदेश प्रहरी कार्यालयको उद्घाटनका लागि प्रधानमन्त्री ओली जनकपुर जान लागेका हुन्। त्यसअघि उनले सडकको उद्घाटन गर्ने कार्यक्रम रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

त्यसका लागि प्रधानमन्त्री ओली बिहान ११ बजे धनुषा आइपुग्ने जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वरुणबहादुर सिंहले जानकारी दिए। त्यसपछि प्रधानमन्त्री ओली महोत्तरी जानेछन्। त्यहाँ उनले सोनमा गाउँपालिकामा कालोपत्रे सडक निर्माणको शिलान्यास गर्ने कार्यक्रम छ।

सोनम गाउँपालिकाका अध्यक्ष विश्वेश्वर प्रसाद यादवका अनुसार महोत्तरीको हुलाकी राजमार्ग रघुनाथपुर बजार–सोनमा–तरहारी–सुन्दरपुर ८ दशमलव ३८४ किलोमिटर कालोपत्रे सडक शिलान्यास गर्ने कार्यक्रम रहेको छ। उनी दिउँसो १ बजे महोत्तरी पुग्नेछन्।

मधेश प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयको साझेदारी तथा विश्व बैंकको ऋण सहयोगमा संचालित प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम अन्तरगत उक्त सडक कालोपत्रे हुन लागेको हो।

विश्व बैंकको अनुदान ऋण ३४ करोड ६९ लाख ५० हजार ६१६ बजेटको टेण्डर हुँदा ढुकुछु निर्माण कम्पनी प्रालिसँग १९ करोड ७ लाख ८३ हजार ६१८ रुपैयाँमा भ्याट सहितको बजेटमा २०८३ चैत्र ११ गते सम्म सडक निर्माण गर्ने सम्झौता भएको पूर्वाधार विकास कार्यालय जलेश्वरले जनाएको छ।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account