By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

गुरू जजुर नै भविष्य निर्माणको आधार

सरोकारकर्मी
सरोकारकर्मी
f,7

ओम आचार्य / २३ असार,तुल्सीपुर
नेपालको संविधान २०७२ ले समेत हरेक व्यक्तिलाई शिक्षा लिने अधिकार प्रदान गरेको छ । शिक्षा प्रत्येक व्यक्तिको जीवनको आधारशिला हो । सही शैक्षिक वातावरण, दक्ष शिक्षक र विद्यार्थीमैत्री पठनपाठन पद्धति हुनु कुनै पनि विद्यालयको सफलताको मुख्य आधार मानिन्छ । यिनै सबै गुणहरू बोकेको विद्यालय हो गुरू जजुर नमुना माध्यमिक विद्यालय ।

एस.ई.ईमा उतिर्ण भएसँगै सुनौलो भविष्यको सपना बोकेर गाउँबाट बजारतिर पाइला चाल्दा मनमा अनगिन्ती प्रश्न थिए कहाँ पढ्ने ? कसरी अघि बढ्ने ? के पढेपछि भविष्य सुरक्षित होला ? यिनै प्रश्नहरूबीच मैले एउटा विश्वासिलो उत्तर पाएँ गुरू जजुर नमुना माध्यमिक विद्यालय । यो विद्यालय मैले मात्र रोजेको हैन, हजारौँ विद्यार्थीको सपनाको आधार हो ।
तुल्सीपुर ४ रक्षाचौरमा रहेको गुरूजजुर नमुना माध्यमिक विद्यालय ६९ बर्ष अघि वि.सं. २०११ फागुन ११ मा स्थापना भएको यो विद्यालय सानो झुपडीबाट सुरु भए पनि आज शैक्षिक मानचित्र मा गौरवपूर्ण पहिचान बनाइसकेको छ । वि.सं २०२६ सालदेखि नि.मा.वि.हुँदै २०३९ सालमा मा.वि र २०५६ सालदेखि उच्च मा.वि.परिषदबाट सम्बन्धन प्राप्त गरी ११ र १२ का कक्षाहरु पनि सञ्चालन गर्दै जाँदा २०६५ मा विज्ञान विषय अध्यापनको समेत अनुमति प्राप्त गर्यो । २०७३÷०७४ मा “नमुना विद्यालय”को मान्यता प्राप्त गरेपछि यसको यात्रा अझैँ सशक्त भयो । २०७५÷०७६ देखि प्राविधिक शिक्षा (डिप्लोमा तह) सुरु गर्दै विद्यालयले नयाँ युगमा पाइला राख्यो । यो विद्यालयले विगतका एस.ई.ई नतिजामा उत्कृष्ट नतिजा समेत ल्याउदै आएको छ भने यस बर्ष उत्कृष्ट ४ जीपिए सहित दाङ जिल्लाकै उत्कृष्ट विद्यालयको रुपमा छाप छोड्न सफल भएको छ ।

सबैभन्दा पहिला, यस विद्यालयमा पश्चिम क्षेत्रकै अनुभवी र समर्पित शिक्षकहरू रहनुभएको छ, जसले विद्यार्थीहरूलाई केवल किताबमा मात्र सीमित नराखी व्यवहारिक ज्ञान र जीवन उपयोगी सीपहरू पनि सिकाउने प्रयास गर्नुहुन्छ । शिक्षकहरूको सकारात्मक प्रेरणा र व्यक्तिगत ध्यानले गर्दा विद्यार्थीहरू आत्मविश्वासी र सिर्जनशील बन्ने अवसर पाईन्छ । विद्यालयका शिक्षक, शिक्षिकाले केवल पठनपाठन मात्र नगराएर हाम्रा गल्ती कमजोरीमा सजाय होइन बरु त्यसमा स्नेह सहित सुधारको अवसर पाईन्छ । प्रविधिमैत्री शिक्षकको उपलब्धताले हाम्रो पढाईको अन्तिम बर्षमा स्मार्ट बोर्ड को सहज पहुँचले सिकाइमा अभिबृद्धि भयो । यसै बर्षदेखि अध्ययन गर्ने विद्यार्थीले यसको प्रयोग गर्ने सुनौलो अवसर प्राप्त गनेछन् ।
विद्यालयमा उपलब्ध शैक्षिक सामग्री, पुस्तकालय, आधुनिक विज्ञान प्रयोगशाला, कृषि प्रयोगशाला, कम्प्युटर कक्षा जस्ता सुविधाहरूले विद्यार्थीहरूको बौद्धिक विकासमा सहयोग पु¥याउँछन् । साथै नियमित शैक्षिक परीक्षण, अतिरिक्त कक्षा र परामर्श सेवाहरूले विद्यार्थीहरूको क्षमता उजागर गर्न मद्दत गर्छ । विद्यालयले अतिरिक्त क्रियाकलापहरू जस्तैः खेलकुद, गायन, नृत्य, हाजिरीजवाफ, वादविवाद प्रतियोगिता आदिमा पनि ध्यान दिइरहेको र विभिन्न स्तरमा सञ्चालनमा उत्कृष्ट स्थान हासील गर्दै आएको छ । जसले विद्यार्थीहरूको चौतर्फी विकासमा योगदान पु¥याउँछ । यातायातको सुविधा, दृष्टिविहीनहरुलाई आवासको व्यवस्थादेखि विज्ञान प्रवर्धन कार्यक्रम, प्रधानमन्त्री कृषि परियोजना जस्ता विभिन्न कार्यक्रमको व्यवस्थाले विद्यालयलाई उत्कृष्टतातर्फ लम्काएको छ ।

प्रत्येक वर्ष शैक्षिक अवलोकन भ्रमणका साथै सिकाइमा आधारित स्थानियस्तरका तथा विभिन्न अनुसन्धान केन्द जसमा लुम्ले कृषि अनुसन्धान केन्द्र, बन्दीपुर बाख्रा अनुसन्धान केन्द्र, सहित ढकेरी वनस्पति केन्द्र, दोघरे दाना उद्योग जस्ता ठाउँमा गई आफ्नो पाठ्यक्रममा आधारित साथै व्यवसायिक, व्यवहारिक कुरा सिक्ने मौका पाईन्छं । यहाँका विद्यार्थीका अनुभवबाट धैर्यबाट सहास लिन, कृषि व्यापार गर्न, आत्मनिर्भर बन्न यस विद्यालयमा पाइन्छ । यस विद्यालयमा दाङ जिल्लाबाहेक सल्यान, रोल्पा, रुकुम, बाँके, धनुषा जस्ता जिल्लाहरूबाट आएका मिहेनती, लगनसील, अनुशासित विद्यार्थीबाट नेपालको विविधता सहितकोे सिकाइ गर्न समेत सकिन्छ । विद्यार्थीहरु विभिन्न जिल्लाबाट आएर पनि कक्षामा सँगै बसेर एउटै सपनाको कथा बुनिरहेका हुन्छन ।

सङ्घर्ष र सफलताको सुनौलो भविष्य

विद्यार्थीहरुलाई अप्ठेरो पर्ना साथ विद्यालय प्रशासन पुगी हाल्ने भएकाले विद्यालय प्रशासन सदैव सहयोगी रहन्छ । कुनै समस्या पर्नासाथ तत्काल समाधान, विद्यार्थीको कुरा सुन्ने प्रवृत्ति र पारदर्शी वातावरणले गर्दा हरेक विद्यार्थीले आफूलाई सुरक्षित र सम्मानित महसुस गर्छन् । गुरू जजुर विद्यालय शान्त र सुरक्षित वातावरणमा अवस्थित छ, जहाँ विद्यार्थीहरू निश्चिन्त भएर अध्ययन गर्न सक्छन् । विद्यालयको लक्ष्य केवल परीक्षा पास गराउने मात्रै होइन, इमानदार, कर्मठ, आत्मनिर्भर, दक्ष जनशक्ति र जिम्मेवार नागरिक उत्पादन गर्ने हो ।

यसैले आज अध्ययन गरीसकेका सफल हजारौँ विद्यार्थीले भन्छन “गुरू जजुर पढ्न पाएँ, जिन्दगीको बाटो देख्न पाएँ ।” गुरू जजुर जीवनमा उज्यालो ल्याउने उज्यालो दीप हो । जहाँ भविष्य निर्माण गर्न कैयौँले अवसर खोज्छन् त्यसैले यदी तपाईं पनि उत्कृष्ट सदस्य बनेर गुणस्तरीय, सुलभ र समग्र शिक्षा चाहनुहुन्छ भने – गुरू जजुर नमुना माध्यमिक विद्यालय नै उत्कृष्ट विकल्प हो ।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account