By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

रोल्पामा जिप दुर्घटना हुँदा ६ जना घाइते

सरोकारकर्मी
सरोकारकर्मी
f,30

रोल्पामा सोमबार दिउँसो भएको जिप दुर्घटनामा परी ६ जना घाइते भएका छन्।

दुर्घटनामा परी गंगादेव गाउँपालिका– ४ का चालक २२ वर्षीय चन्द्रप्रकाश केसी, सोही ठाउँका ३२ वर्षीय दिपक थापा, ३२ वर्षीय कमल डाँगी, २७ वर्षीय ढकाश थापा, ४३ वर्षीय वीरबहादुर थापा र २७ वर्षीय अमृता थापा घाइते भएका छन्।

घाइते सबैलाई उपचारका लागि दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ।

घाइते सबैको अवस्था खतरामुक्त रहेको प्रहरीले बताएको छ।

दिउँसो ४ बजेतिर त्रिवेणी गाउँपालिका–३ सुकिदहस्थित भित्री सडक खण्डमा बसारेदेखि तुल्सीपुरतर्फ आउँदै गरेको रा. १ ज. ६३१ नम्बरको डबल क्याप जिप बाटोबाट झन्डै २० मिटर तल खसेको थियो।

दुर्घटनाको खबर पाउनासाथ अस्थायी प्रहरी पोष्ट बुढागाउँबाट प्रहरी सहायक निरीक्षक राजकुमार घर्तीको कमाण्डमा ५ जनाको टोली खटेर घाइतेको उद्धार गरी अस्पताल पठाएको थियो।

जिपमा कुल ६ जना सवार थिए। दुर्घटनाको कारण खुलिसकेको छैन।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account