By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

विद्यालयका शिक्षकलाई प्राथमिक उपचार तालिम

सरोकारकर्मी
सरोकारकर्मी
f,25

तुलबहादुर कवँर मगर
सिसहनियाँ, ११ असार।
दाङको राप्ती गाउँपालिकाले पालिकाभित्रका सामुदायिक तथा संस्थागत माध्यमिक विद्यालयहरूमा कार्यरत स्वास्थ्य विषयका शिक्षकहरूलाई लक्षित गरी तीन दिने आधारभूत प्राथमिक उपचारसम्बन्धी तालिम सम्पन्न गरेको छ।
राप्ती गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा वडा नं. ५ स्थित राप्ती आधारभूत अस्पताल कालापानीमा सञ्चालन गरिएको उक्त तालिममा प्राथमिक उपचारको परिचय, घाइतेको प्रारम्भिक जाँच, बेहोसी अवस्थाको उपचार, रक्तश्राव नियन्त्रण, टाउको र मेरुदण्डको चोट व्यवस्थापन, हाडभाँचिएको अवस्थामा अपनाउने उपाय, पट्टीको प्रयोग, विषालु जिव जनावरको टोकाइ, वातावरणीय स्वास्थ्य समस्या, घाइतेको सुरक्षित ओसारपसार लगायतका विषयहरूमा जानकारी गराइएको थियो।
बुधवार सम्पन्न उक्त तालिम समापन कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले शिक्षकहरू आपतकालीन अवस्थामा विद्यार्थीहरूको सुरक्षाका लागि अग्रपंक्तिमा रहने व्यक्तिहरू भएकाले प्राथमिक उपचारको ज्ञान अत्यन्तै महत्वपूर्ण रहेको बताउनुभयो।
उहाँले भन्नुभयो, “विद्यालयमा पढाउने मात्र होइन, आपतकालीन अवस्थाहरूमा विद्यार्थीहरूको जीवनरक्षा गर्न सक्ने ज्ञान पनि शिक्षकसँग हुनुपर्छ। हामीले प्राथमिक उपचार तालिमलाई विद्यालयको नियमित आवश्यकता मानेर आयोजना गरेका हौं। यस्तो तालिमले विद्यालयमा सानातिना दुर्घटना, बेहोसी, चोटपटकजस्ता अवस्थाहरूमा तुरुन्त सहयोग गर्नसक्ने वातावरण तयार गर्छ। यस्तो सीप शिक्षकसँग हुनु भनेको विद्यालयमा संकट व्यवस्थापनको क्षमता बढ्नु हो।”
अध्यक्ष विष्टले गाउँपालिकाले सीमित स्रोत साधनका बाबजुद पनि प्राथमिक उपचारजस्तो उपयोगी विषयमा तालिम प्रदान गरेको उल्लेख गर्नुभयो ।
स्वास्थ्य शाखा प्रमुख नारायण राउतले विद्यालयस्तरमै यस्ता तालिम सञ्चालन गर्नु अत्यन्त सकारात्मक पहल भएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “आकस्मिक अवस्थाहरूमा घाइते वा बिरामीलाई स्वास्थ्य संस्थामा पु¥याउनु अघि विद्यालयमै पूर्व–प्राथमिक उपचार गर्न सकिने क्षमता विकास हुनु आवश्यक छ। यस्ता तालिमले त्यही पूर्वतयारीमा सहयोग पुर्या्उँछ।”
उहाँले बजेट अभावका कारण हाल तालिम माध्यमिक विद्यालयसम्म सीमित गरिएको भए पनि भविष्यमा आधारभूत तहका शिक्षकहरूलाई समेत समेट्ने गरी योजना बनाइएको जानकारी दिनुभयो।
तालिममा राप्ती गाउँपालिकाका विभिन्न माध्यमिक विद्यालयहरूबाट १७ जना स्वास्थ्य विषयका शिक्षकहरूको सहभागिता रहेको थियो। तालिमको प्रशिक्षकका रूपमा राप्ती आधारभूत अस्पताल कालापानीका मेडिकल सुपरिन्टेन्डेन्ट डा. शरण चौधरी, डा. शमशेर अली र डा. सुरेश घिमिरे रहनुभएको थियो।
सहभागी शिक्षकहरू गोविन्द शर्मा र निमा भट्टराईले तालिम अत्यन्त उपयोगी र व्यवहारिक भएको बताउनुभयो। उहाँहरूले विद्यालयमा हुने सामान्य स्वास्थ्य समस्यामा तुरुन्त उपचार गर्न सकिने सीप प्राप्त भएको र आगामी दिनमा यस्ता तालिम निरन्तर सञ्चालन हुनु पर्ने आवश्यकता औंल्याउनुभयो।
समापन कार्यक्रमको सहजीकरण राप्ती आधारभूत अस्पताल कालापानीका प्रशासन शाखा प्रमुख तथा जनस्वास्थ्य अधिकृत धन बहादुर खड्काले गर्नुभएको थियो।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account