By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

माण्डुखोलाको पक्की पुलको उद्घाटन

सरोकारकर्मी
सरोकारकर्मी
f,8

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर-६ मा रहेको माण्डुखोलामा निर्मित पक्की पुलको उद्घाटन गरिएको छ । बागमती प्रदेशको राजधानी हेटौँडा र संघीय राजधानी काठमाडौँ जोड्ने छोटो दुरीको बैकल्पिक मार्ग हेटौँडा कुलेखानी काठमाडौँ रुटको पुलको आज उद्घाटन गरिएको हो । बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री अमन मास्केले बुधबार पुलको उद्घाटन गरेका हुन् । भौतिक पुर्वाधार विकास मन्त्रालय अन्तर्गत रहेको यातायात पुर्वाधार निर्देशनालयले १२ करोड ३० लाख रुपैयाँ लगानीमा पुल निर्माण गरिएको हो । ५६ दशमलब ६ मीटर लम्बाईको पुल एम.एस.सागर निर्माण सेवा पिडारी गुठीले निर्माणको जिम्मा पाएको थियो । २०८० साल असार २२ गते निर्माण सम्झौता भएको पुल निर्माण सम्झौता अवधिभित्रै सम्पन्न भएको मन्त्री मास्केले बताए । मन्त्रालयबाट निर्माण भएका आयोजना हरुलाई समय भित्रै सम्पन्न गर्न मन्त्रालयले सहजीकरण गरिरहेको मन्त्री मास्केको दाबी छ । पुल उद्घाटन कार्यक्रममा भिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, ईन्द्र शरोबर गाउँपालिकाका अध्यक्ष देबकृष्ण पुडासैनी लगायत मन्त्रालयका सचिब, महाशाखा प्रमुख लगायतको सहभागीता रहेको थियो ।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account