By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

भुटनदेवी सामुदायिक वन उपभोक्ता समूहको सपथ ग्रहण

सरोकारकर्मी
सरोकारकर्मी
f,7

भुटनदेवी सामुदायिक वन उपभोक्ता समूहले नयाँ कार्यसमितिको सपथ ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा समूहको अध्यक्ष सोम बहादुर लामा, उपाध्यक्ष सुरेश कुमार लामा, सचिव अन्जुकुमारी लामा, सह-सचिव इन्दिरा लामा, र कोषाध्यक्ष उमा सुनारले सपथ ग्रहण गर्नुभयो। त्यसैगरी, सदस्यहरू दुर्गा बहादुर लामा, चन्द्रदेवी बि.क., यमुना सुनार, गीता देवी यादव, सान्तकी खड्की, र धु्रव हाडाले पनि सपथ ग्रहण गर्दै आफ्नो जिम्मेवारी औपचारिक रूपमा ग्रहण गर्नुभयो। कार्यक्रमका प्रमुख अतिथि हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० का अध्यक्ष फुर्बा दोर्जे लामाले सामुदायिक वनलाई उत्कृष्ट उदाहरणको रूपमा विकास गर्न सबै पदाधिकारीहरूलाई सक्रिय र जिम्मेवार भएर काम गर्न आग्रह गर्नुभयो।

उहाँले विगतका गल्ती र कमजोरीहरूको समीक्षा गर्दै सुधारको प्रक्रियामा अघि बढ्नुपर्नेमा जोड दिनुभयो। साथै, सामुदायिक वन र उपभोक्ता समूहहरू नङ र मासुको सम्बन्ध जस्तै हुनुपर्ने उहाँको धारणा थियो। अध्यक्षको भूमिकाको महत्त्वलाई प्रस्ट्याउँदै, उहाँले राम्रो वा नराम्रो जे काम भए पनि त्यसको जिम्मेवारी अध्यक्षकै हुने भएकाले सचेत र निष्ठापूर्वक काम गर्न आग्रह गर्नुभयो। कार्यक्रममा सहभागी अतिथिहरूले नयाँ कार्यसमितिलाई कार्यकाल सफल होस् भन्ने शुभकामना व्यक्त गरे। कार्यक्रमको सभापतित्व निर्वाचन समितिका संयोजक रामहरि चौलागाईंले गर्नुभएको थियो भने प्रमुख अतिथि वडा नम्बर १० का अध्यक्ष फुर्बा दोर्जे लामा हुनुहुन्थ्यो। कार्यक्रमलाई डिभिजन वन कार्यालय हेटौँडाका प्रमुख राकेश चन्द्र लगायतका अतिथिहरूको उपस्थितिले थप गरिमामय बनाएको थियो।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account